• ९ असोज २०८३, शुक्रबार
  • ५ः०२ बिहान

कठ्याङ्ग्रिँदो जाडोमा कमसल कपडाको भर

प्रकाशित मिति

२०७७ पुष १९ गते, आईतवार ०९:३४

काठमाडौँ, पुस १९ गते । नेपालको उच्च हिमाली जिल्लाको तापक्रम यतिखेर माइनस सात डिग्री सेल्सियस छ । कठ्याङ्ग्रिँदो चिसोसँगै माथिल्लो भेगका बस्तीबाट सर्वसाधारण औलतिर झरिसकेका छन् तर सुरक्षाकर्मी भने औल झर्न पाउँदैनन् ।

National Life

कतिपय घरमा कुरुवा र वृद्धवृद्धा बसेका छन् भने केही सरकारी र गैरसरकारी सङ्घ, संस्थाका कार्यालय पनि रहेकाले प्रहरीलाई अन्य सर्वसाधारणसँगै औलतिर सर्न समस्या छ ।

डोल्पा जिल्लाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले बस्ती बसाइँ सरे पनि शान्तिसुरक्षाको दृष्टिकोणले केही प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई सार्न नसकिएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

‘‘हिँउको चिसो थेग्न सक्ने सुरक्षित कार्यालय भएका स्थानमा सुरक्षाकर्मी यथावत् अवस्थामा राखिएको छ, उनीहरूका लागि रासनसँगै ‘जेनतेन’ न्यानो लुगा–कपडाको व्यवस्थापन गरिएको छ,’’ डीएसपी पाण्डेले भने ।

प्रहरी प्रधान कार्यालयबाट यस पटक समयमा नै थप सहयोग आएकाले ‘जेनतेन’ व्यवस्थापन गरिएको डीएसपी पाण्डेको भनाई छ ।

दार्चुला, बझाङ, बाजुरा, हुम्ला, डोल्पा, मनाङ, मुस्ताङ, गोरखा, सोलुखुम्बु र सङ्खुवासभा लगायतका जिल्लाको उच्च हिमाली क्षेत्रमा कार्यरत सुरक्षाकर्मीका लागि प्रहरी प्रधान कार्यालयले न्यानो ज्याकेट, पञ्जा, टोपी र बुट समयमा नै पठाएको दाबी गरेको छ तर यी पोसाक हिउँ र चिसोबाट जोगिन उपयुक्त र पर्याप्त नभएको गुनासो सम्बद्ध सुरक्षाकर्मीको छ । गोरखापत्र दैनिकबाट

प्रतिकृया