• ८ असोज २०८३, बिहीबार
  • १०ः२५ राती

ड्रमका ड्रम स्याम्पु सकियो तर प्रचण्डलाई सुधार्न सकिएनः प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७७ पुष १५ गते, बुधबार ०५:०५

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई सुधार गर्न खोज्दा पनि नसकेको बताएका छन्।

National Life

पार्टी एकताका लागि आफूले नै प्रस्ताव राखेर एकता भएकोसमेत उनले दाबी गरे। सुदुरपश्चिमका प्रदेशस्तरीय कार्यकर्ताको काठमाडौंमा आयोजित भेलामा ओलीले यस्तो दाबी गरेका हुन्।

झापा आन्दोलन हुँदै एमाले बनेको एउटा धार र न्युक्लियस हुँदै माओवादी बनेको अर्को धारलाई एकता गरेर अगाडि बढ्नुपर्छ भनेर पार्टी एकताको प्रस्ताव राखेको उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

‘मैले प्रचण्डजीसँग प्रस्ताव राखेँ। तपाईँ कांग्रेससँग चुनाव लडेको हामीलाई थाहा छ छोरी जिताउन खासै उपलब्धि भएन। हामी मिलेर अगाडि जाउँ, उनले भने, सँगै चुनावमा जाँउ भने।

उनले भने, ‘त्यतिवेला पनि चुनाव मसँग मिलेर लड्ने चालिस प्रतिशत लिएर लड्ने कमला कमला मिठा मिठा लिएर खाने अनि सरकार बनाउन कांग्रेससँग काँध थाप्ने। लाज लाग्नुपर्ने होइन। चुनाव लड्न वामपन्थीसँग मिलेर लड्ने सरकार बनाउन दक्षिणपन्थीसँग मिल्ने।’

प्रचण्डको ध्यान कसरी सत्ता कब्जा गर्ने कसरी हत्याउने मात्र हुने गरेको आरोप लगाए। उनलाई सुधार्न प्रयास गरे पनि नसकेको उनले बताए। ‘कति स्याम्पु सकियो। ट्यांकीका ट्यांकी पानी सकियो। साबुन लगायो, पखाल्यो जस्ताको त्यस्तै अन्तिममा तपाईँले देख्नु भयो’ उनले भने।

 

प्रतिकृया