• ९ असोज २०८३, शुक्रबार
  • ६ः३८ बेलुका

प्रचण्ड–माधव समूहको प्रदर्शन उपत्यकामा शुरु

प्रकाशित मिति

२०७७ पुष १४ गते, मंगलवार ०१:२०

काठमाडौं,नेकपा प्रचण्ड–माधव समूहको प्रदर्शन राजधानी उपत्यकामा शुरु भएको छ । राजधानी उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सहितको प्रदर्शन निस्किएको छ ।

National Life

अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेतृ अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु ‘प्रतिनिधिसभाको असंवैधानिक कदमका विरुद्ध संघर्ष गरौं’ लेखिएको ब्यानर पछिपछि देखिएका छन् ।

यो समूहको जुलुस टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट निस्किएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपण्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट लिलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल, नक्सालबाट जनार्दन शर्मा, न्यूरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपाने, त्रिचन्द्रबाट योगेश भट्टराई, पुरानो बानेश्वरबाट अमृत बोहोरा, बागबजारबाट गिरिराजमणि पोखरेल, वाल्मिकीबाट गणेश साहले जुलुशको नेतृत्व गरेका छन् ।

यसबाहेक अन्य ठाउँहरुबाट जनसंगठन र पार्टी कमिटीहरुको प्रदर्शन निस्कने गरेका छन् । सबैतिरको जुलुस भृकुटीमण्डप पुग्नेछ । त्यहाँ, अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ ।

राजधानी उपत्यका बाहिर पनि सबै जिल्लामा आज प्रदर्शन राखिएको छ ।

 

 

प्रतिकृया