• ९ असोज २०८३, शुक्रबार
  • १०ः४८ राती

शिक्षा,स्वास्थ्यमा उल्लेखीय सुधार प्रधानसेनापति थापा

प्रकाशित मिति

२०७७ पुष ९ गते, बिहीबार ०६:३२

काठमाण्डुौ – प्रमुख सुवेदार र जेष्ठ सुवेदार, पद्दती र प्रणालीको सुदृढीकरण र दीगोपनाको मजबुत आधार भन्ने मुल संदेशका साथ जंगी अड्डामा सञ्चालन भएको दुई दिने प्रमुख सुवेदार र जेष्ठ सुवेदार समन्वयात्मक बैठक समापन भएको छ । बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा केन्द्रिय तहको प्रमुख सुवेदार(जेष्ठ सुवेदार समन्वयात्मक बैठक समापन गरेका हुन्

National Life

समापनको क्रममा बोल्दै प्रधानसेनापति थापाले नेपाली सेनाको मजबुत आधार स्तम्भ भनेकै प्रमुख सुवेदार र जेष्ठ सुवेदार हुने हुँदा स्थापित हुँदै गएका पद्दति र प्रणालीलाई थप सुदृढ, परिपक्व र दिगो वनाउने कार्यमा प्रमुख सुवेदार र जेष्ठ सुवेदारहरुको भूमिका सवैभन्दा बढि महत्वपुर्ण हुने बताए ।

सेवा निवृत्ति पछी पनि विदेशिने भावना र प्रवृत्ति छाडी नेपालमा नै परिवारको साथमा रही आफ्नो शिप र जाँगरको सदुपयोग गर्न सकल दर्जालाई प्रेरित गर्न पनि उनले अनुरोध गरे । त्यसै गरी नेपाली सेनामा अहिलेसम्म प्राप्त उपलव्धीहरुलाई आ(आफ्नो अनुभव र वस्तुगत आधारमा कसरी सुदृढ गर्ने र सकलदर्जाको समष्टिगत विकासको लागि कुन कुन क्षेत्रमा कसरी सुधार गर्न सकिन्छ भन्ने वारेमा सबैबाट र विशेष गरी जुनियर अधिकृतहरुबाट सकारात्मक योगदानको अपेक्षा राखेको समेत बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

संगठनले अवलम्बन गर्ने नीति(नियम तथा कार्ययोजनाहरुको वास्तविक कार्यान्वयन हुने तह भनेकै फिल्ड तह भएकोले पदिक तथा अन्यदर्जाहरुको व्यावसायिक क्षमताको स्तरले सेनाको व्यावसायिकता मापन हुने समेत बताए ।

उक्त बैठक समापन पश्चात प्र।सु तथा सि।सु हरुले आ-आफ्नो युनिटहरुमा “सुदृढिकरण तथा दिगोपना” को यस बर्षमा युद्धकार्य तयारीपन, अनुशासन, कल्याणकारी पक्ष, सकलदर्जाको मनोबल लगायतका समग्र क्षेत्रहरुमा नतिजामुखी उपलब्धी हासिल गर्न थप उर्जा तथा उत्साह बृद्धि हुने विश्वास लिएको

बताउँदै प्रधान सेनापति कमाण्ड मार्गनिर्देशन – २०७५ ले निर्दिष्ट गरेका लक्ष्यहरु मध्ये पदिक र अन्यदर्जाहरुको जनशक्ति व्यवस्थापन, नेतृत्व विकास लगायत शान्ति सेना छनौट, निबृत्तिभरण, राशन गुणस्तर अभिवृद्धि लगायत कल्याणकारी तर्फका शिक्षा, स्वास्थ्य, सेवा तथा सहुलियत तर्फ उल्लेख्य सुधारहरु भएको बताएका थिए ।

समन्वयात्मक बैठकमा प्रमुख सुवेदार र सिनियर सुवेदारहरुले संगठन भित्रका समस्या र चुनौती, कार्य समिक्षा, वर्तमान वस्तुस्थिती लगायतका विषयहरुमा छलफल गरी राय सुझाव प्रस्तुत गरेका थिए । कोभिड(१९ महामारीकाबीच आयोजना भएको उक्त बैठकमा स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्दै जंङ्गी अड्डालगायत नेपाली सेनाका विभिन्‍न फर्मेशन तथा युनिटरसव युनिटहरुबाट ८१ जना प्रमुख सुवेदाररसिनियर सुवेदारहरुको सहभागिता रहेको थियो । बैठकको समापन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको समेत उपस्थिती रहेको थियो । गत वर्ष मंसिर महिनामा सम्पन्न भएको यस प्रकारको सम्मेलन यो वर्ष पौष ७ गते शुरु भएको हो ।

प्रतिकृया