• १० असोज २०८३, शनिबार
  • १२ः०७ राती

प्रतिनिधि सभा विघटनः सबै रिट निवेदन संवैधानिक इजलासमा

प्रकाशित मिति

२०७७ पुष ९ गते, बिहीबार ०६:३१

काठमाडौं, पुस । प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । यसअघि संवैधानिक इजलासमा सुनुवाइ हुने गरी एक मात्र रिटको पेसी तोकिएको थियो ।

National Life

सर्वोच्च अदालतमा दर्ता भएका कुल १३ मध्ये १२ रिटलाई नियमित इजलासमा तोकिएको थियो तर बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले संविधान व्याख्यासँग सम्बन्धित विषय रहेको भन्दै सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो । अब शुक्रबारदेखि संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ हुनेछ ।

प्रधानन्यायाधीशको एकल इजलासको आदेशमा भनिएको छ, “निवेदनमा उठाइएको विषयवस्तु नेपालको संविधानको धारा ७६(१), (७) र धारा ८५ को व्याख्यासँग सम्बन्धित भएकाले प्रस्तुत निवेदन नियमानुसार गरी संविधानको धारा १३७ (३) बमोजिम संवैधानिक इजलाससमक्ष पेस गर्नू ।”

Classic Tech Mobile
Classic Tech Desktop

प्रारम्भिक सुनुवाइमा निवेदकहरूले भने पुनस्र्थापनाको पक्षमा अन्तरिम आदेश माग गरेका थिए । यस्तै तत्काल अल्पकालीन आदेश गरेर मुद्दालाई विशेष इजलासमा पठाउन पनि माग गरेका थिए ।

तर, प्रधानन्यायाधीशको इजलासले संविधान व्याख्यासँग जोडिएको विषय भएको भन्दै सबै रिटलाई संवैधानिक इजलासमा पठाएको हो । अब विवादसँग सम्बन्धित १३ वटै रिट संवैधानिक इजलासमा एकै चोटि सुनुवाइ हुने आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिकृया