• १५ असोज २०८३, बिहीबार
  • ८ः२४ राती

प्रचण्ड-माधव पक्षीय भेलामा

प्रकाशित मिति

२०७७ पुष ६ गते, सोमबार ०३:५४

काठमाडौं, ६ पौष । नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय बिघटित प्रतिनिधिसभाका सांसदहरुको भेला बानेश्वरमा बसिरहेको छ । बैठकमा को को आए आएनन् भन्नेमा नेताहरुकै चासो रहेको छ ।

National Life

भेलामा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ गरी चारजना सचिवालय सदस्यहरु सहभागी छन् । तर, उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भए । उनी कुनै पनि गुटको भेलामा नजाने बताउँदै आएका छन् ।

अर्का सचिवालय सदस्य रामबहादुर थापा बादल पनि अनुपस्थित भए । उनी आज विहान बालुवाटारमा ओली पक्षीय भेलामा पनि अनुपस्थित भए । बादल पनि कुनैपनि भेलामा नजाने पक्षमा रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

भेलामा टोपबहादुर रायमाझी र हरिबोल गजुरेल पनि अनुपस्थित भएका छन् । दुवै नेता स्थायी कमिटी सदस्य र बिघटित प्रतिनिधिसभाका सांसद हुन् । पछिल्लो समय ओलीसँग दुवै नेता नजिकिएको चर्चा छ । रायमाझी र गजुरेललाई मन्त्री पदको प्रस्ताव आइरहेको बुझिएको छ । पूर्व माओवादी नेतामध्ये लेखराज भट्टले गुट परिवर्तन गरिसकेका छन् । उनी आज ओली पक्षीय भेलामा सहभागी भई ओली नजिकैको लहरमा बसाइएका थिए ।

प्रतिकृया