ओली–प्रचण्डको भेटमा बामदेवको इन्ट्री
प्रकाशित मिति
२०७७ पुष ४ गते, शनिबार १२:२३
काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ । पछिल्लो समय पार्टीभित्र सङ्कट गहिरिँदै गएपछि प्रधानमन्त्री ओली पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न उनकै निवास खुमलटार पुगेका हुन् ।
त्यसैगरी उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका छन् । पार्टीभित्रको विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न उपाध्यक्ष गौतम पार्टी प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कठोर बन्ने संकेत पाएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्डलाई फकाउन खुमलटार पुगेका छन् । विवादकै बीच प्रधानमन्त्री ओलीले आफूलाई सजिलो हुने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि कु्द्ध बनेका प्रचण्डलाई फकाउन ओली खुमलटार पुगेका हुन् ।
अहिले तीन नेताबीच छलफल भइरहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । यसअघि आजै बिहान नेकपा महासचिव विष्णु पौडेल पनि खुमलटार पुगेका थिए ।






प्रतिकृया