• ८ असोज २०८३, बिहीबार
  • ५ः४३ बेलुका

गरिब तथा असहायका लागि देशैभरि ७१० वटा घर बनाउने नायिका गौतमको घोषणा

प्रकाशित मिति

२०७७ पुष २ गते, बिहीबार ०४:०२

काठमाडौं, २ पुस । अभिनेत्री तथा समाजसेवी एलिजा गौतमले देशका ७७ जिल्लामा प्रत्येक जिल्लामा दश/दश वटा घर बनाउने घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नायिका गौतमले प्रत्येक जिल्लामा दुखी असहायको लागि दश÷दबवटा घर बनाउने घोषणा गरेको जानकारी दिएकी हुन् ।

National Life

वरिष्ठ पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी गौतमले ‘अनुराग’ फिल्मबाट आफ्नो फिल्मी करियर सुरू गरेकी हुन् । पछिल्लो समयमा उनी अभिनित म्युजिक भिडियोहरु एक पछि अर्को गरेर हिट भएका छन् । दर्शक तथा श्रोताले अत्यधिक रुचाएका छन् । ‘एलिजा फाउण्डेशन’मार्फत गौतमले दुर्गम र विकटका गरिब तथा असहायहरुको निम्ती घर निर्माण गर्ने भएकी हुन् ।

उनले लेखेकी छिन, ‘एलिजा फाउण्डेशनले छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु ।’ उनले पहिलो चरणको काम धादिङबाट सुरु हुने जानकारी पनि गराएकी छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले हातमा हात र काँधमा काँध मिलाएर सामाजिक कार्यको लागि सहकार्य गर्न सबैमा आग्रह गरेकी छिन् । एलिजाले सिन्धुपाल्चोकका बाढी पहिरोका पिडितहरुलाई पनि लत्ता कपडा र खाद्यान्य सहयोग गरेकी थिइन् । उनले आर्थिक अभावले समस्यामा परेका बालबालिकालाई पनि सहयोग गर्दै आएकी छिन् । लकडाउनमा खुला मञ्चमा काम बन्द भएर खान नपाएको मजदुरहरुलाई खाना खुवाउन पनि सहयोग गरेकी थिइन् ।

अभिनेत्री गौतमले लकडाउन अवधिभर मात्रै १५ भन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन् । उनले लकडाउन आफ्नो लागि अवसर बनेर आएको बताउदै आएकी छिन् ।

आदरणीय देश तथा विदेशमा बस्नुहुने नेपाली महानुभावहरु सबैमा मेरो सादर नमस्कार
सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दशरदश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु । यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं । फाउण्डेशनले अहिले पनि विभिन्न सामाजिक कार्य गर्दै आएको कुरा यहाँहरुलाई सर्वविदितै छ । आउनुहोस “हातमा हात र काँधमा काँध मिलाएर“ यस सामाजिक कार्यको लागि सहकार्य गरौं । “अहिले नगरे कहिले गर्ने ? र हामीले नगरे कसले गर्ने ?“ भन्ने कुरालाई ध्यानमा राखेर हामी यो महान कार्यको लागि तयार भएका छौं । यो घोषणासँगै हामी पहिलो चरणको कार्य धादिङबाट सुरु गर्ने जानकारी गराउँछौं । हजुरहरुको अमूल्य साथ र सहयोगको अपेक्षासहित यो विशेष अनुरोध गरेको छु । धन्यवाद ।

प्रतिकृया