प्रधानमन्त्री लीले फेरि बोलाए संवैधानिक परिषद्को बैठक
प्रकाशित मिति
२०७७ पुष २ गते, बिहीबार ०२:४४
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठक साँझ ६ बजे बस्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा मन्त्रालयगत एजेन्डाका विषयमा छलफल हुने गुरुङले बताए ।
सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश विवादमा परेपछि आजको बैठकमा सोही विषयमा छलफल हुनसक्ने बताइएको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नै नगरी अध्यादेश ल्याएको भन्दै पार्टीभित्रै असन्तुष्टि बढेको थियो । बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको पत्र फिर्ता लिने सहमतिपछि नेकपाको स्थायी कमिटी बैठक बसेको थियो ।
बैठकले अध्यादेश फिर्ता लिने निष्कर्ष निकालेको थियो । सोही निष्कर्ष अनुसार आजको मन्त्रिपरिषद बैठकमा अध्यादेश फिर्ताका लागि प्रक्रिया अघि बढाइने नेकपाका एक नेताले बताए ।।






प्रतिकृया