• १० असोज २०८३, शनिबार
  • ५ः१३ बेलुका

संवैधानिक परिषदको बैठकमा देउवा नजाने

प्रकाशित मिति

२०७७ मंसिर ३० गते, मंगलवार ०३:५२

काठमाडौं, ३० मंसिर । आज साँझ तय भएको संवैधानिक परिषदको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् । देउवा निकट काँग्रेस नेता रमेश लेखका अनुसार अध्यादेश ल्याएकोमा असन्तुष्ट हुँदै देउवा बैठकमा सहभागी नहुने भएका हुन् ।

National Life

‘संसद बैठक डाक्नुपर्ने बेलामा सरकारले अध्यादेश ल्याएर गम्भीर गल्ती गरेको छ,’ नेता लेखकले भने । उनले अध्यादेशमार्फत् देश चलाउन खोजिएकोमा मान्य नहुने बताए ।

आज मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश सिफारिश गर्ने निर्णय गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश आजै जारी गरिसकेकी छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया