• ८ असोज २०८३, बिहीबार
  • ७ः३० बेलुका

अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जितले पायो औपचारिकता

प्रकाशित मिति

२०७७ मंसिर ३० गते, मंगलवार ०१:३३

एजेन्सी- अमेरिकाको ४६औँ राष्ट्रपतिमा जो बाइडेनको जितले औपचारिकता पाएको छ ।

National Life

इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित भएको पुष्टि गरेका छन् ।

गत नोभेम्बरमा भएको चुनावमा डेमोक्र्याटहरूले ३०६ इलेक्टरल कलेज मत ल्याएका थिए भने रिपब्लिकन डोनल्ड ट्रम्पले २३२ ल्याएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

अमेरिकी प्रणाली अनुसार, मतदाताहरूले खासमा ‘इलेक्टरलहरूलाई’ मत दिन्छन् जसले चुनावपछि उम्मेदवारलाई औपचारिक रूपमा मत दिन्छन् ।

यो प्रक्रियामार्फत बाइडेनले औपचारिकता पाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अझै पनि मत परिणाम स्वीकारेका छैनन् ।

ट्रम्पले कतिपय राज्यमा मुद्दा हाले पनि ती सबै मुद्दालाई अदालतले खारेज गरिदिएका छन् । तर पनि उनले अझै पराजय स्वीकारेका छैनन् ।

डेमोक्र्याटहरूको बलियो उपस्थिति रहेको क्यालिफोर्नियाले सोमबार अन्तिममा हालेको मतले बाइडेनलाई औपचारिक जितको नतिजा पारे गराएको थियो । क्यालिफोर्नियामा ५५ इलेक्टरल मत छ । मिसिगन र जोर्जिआजस्ता केही राज्यहरूमा मतदानअघि सुरक्षा व्यवस्था उच्च पारिएको थियो।

मतदान प्रक्रियाको परिणाम अब वासिङ्टन डिसी पठाइन्छ र ६ ज्यानुअरीमा कङ्ग्रेसमा उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा हुने संयुक्त सत्रमा औपचारिक रुपमा गणना गरिन्छ ।

त्यसले ज्यानुअरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिन जो बाइडनलाई बाटो खोल्नेछ । इलेक्टरलहरूले मत दिएपछि जो बाइडनले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

 

प्रतिकृया