भक्तपुरमा खाना पकाउने ग्याँस लिक भई आगलागी
प्रकाशित मिति
२०७७ मंसिर २९ गते, सोमबार ०२:१९
काठमाण्डौ , भक्तपुरको चाँगुनारायण पिखेल स्थितमा आगलागी छ ।
खाना पकाउने ग्यस लिक भइ आगलागि भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारि दिएको छ ।
प्रहरि निरीक्षक भगवती तिमिल्सिनोको कमाण्डमा अनुसन्धान अधिकृत सहित महानगरीय प्रहरी प्रभाग व्यासी र महानगरीय प्रहरी चौकी चाँगुनारायण, भक्तपुरबाट प्रहरी टोली खटी गई स्थानियहरु, दमकल र नेपाल प्रहरीको संयुक्त सहयोगमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रहरिका अनुसार घटनास्थलमा सोधपुछ गर्दा वर्ष ४० को प्रदिप कार्कीको कच्ची ३ तले घरमा खाना पकाउने ग्याँस लिग भई आगोलागी भएको हा ।
आगलागीबाट अन्दाजी एघार लाख छयासी हजार पाँच सय० बराबरको धनमाल जलि नष्ट भएको र मानविय तथा चौपाया पशुपन्छी क्षेती नभएको जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारि दिएको छ ।







प्रतिकृया