• ९ असोज २०८३, शुक्रबार
  • ३ः११ राती

काँग्रेसको देशव्यापी विरोध प्रदर्शन

प्रकाशित मिति

२०७७ मंसिर २९ गते, सोमबार १०:३७

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । सरकारविरुद्ध हुने प्रदर्शन ७७ वटै जिल्लामा हुनेछन् । यसका लागि काँग्रेसले केन्द्रीय नेताहरुलाई देशैभरी खटाएको छ ।

National Life

तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उदघाटनका क्रममा प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेस सडकमा आउने अवस्था बनेको छ । सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीको आलोचना गर्दै प्रदर्शनमा आउनुपरेको जनाएका छन् । उनले हिजो नै विज्ञप्तिमार्फत् काँग्रेस कार्यकर्ता र लोकतन्त्रवादीलाई प्रदर्शनमा आउन आग्रह गरेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं, उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा.सशांक कोइराला मोरङ, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषाको प्रदर्शनमा सहभागी भई सम्बोधन गर्ने छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी पोखरा, डा। रामशरण महत चितवन, प्रदीप पौडेल कञ्चनपुर, गोपालमान श्रेष्ठ काभ्रे, गगन थापा कैलाली, चन्द्र भण्डारी नुवाकोट, सुरेन्द्र पाण्डे रुपन्देही, पुष्पा भुषाल अर्घाखाँची, जीवन परियार गुल्मी, धनराज गुरुङ स्याङ्जा र नैनसिंह महर दोलखामा खटिएका छन् ।

 

प्रतिकृया