• ७ असोज २०८३, बुधबार
  • ३ः२९ दिउँसो

उखुको समर्थन मूल्य निर्धारण

प्रकाशित मिति

२०७७ मंसिर २८ गते, आईतवार ०२:०५

काठमाडौं, मंसिर २८ । सरकारले उखुको न्यूनतम मूल्य बढाएको छ। उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल पाँच सय ४४ रूपैयाँ ३३ पैसा निर्धारण गरेको छ। यो पोहोरको भन्दा आठ रूपैयाँ बढी हो। गत वर्ष क्विन्टलको पाँच सय ३६ रूपैयाँ ३३ पैसा थियो।

National Life

उखुको न्यूनतम लागत तीन सय ८६ रूपैयाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रूपैयाँ ८९ पैसा सहित कुल चार सय ७९ रूपैयाँ दुई पैसा तोकिएको छ। त्यसमाथि सरकारले प्रतिक्विन्टल ६५ रूपैयाँ २८ पैसा अनुदान दिन्छ। यसरी किसानले प्रतिक्विन्टल उखुको पाँच सय ४४ रूपैयाँ ३३ पैसा पाउने गरी मूल्य निर्धारण गरिएको हो।

प्रतिकृया