• १० असोज २०८३, शनिबार
  • १ः०१ राती

केपी शर्मा ओली नेतृत्व सरकारले चुनौती चिर्दै पाँच वर्षको कार्यभार पुरा गर्ने :  सांसद बस्नेत, सूर्यविनायक न.पा.मा ५० शय्या नगर अस्पतालको आजबाट काम सुरु

प्रकाशित मिति

२०७७ मंसिर १५ गते, सोमबार ०२:४४

भक्तपुर, आज ७ वटै प्रदेशका ३९६ स्थानीय तहमा सरुवा रोग अस्पतालको एकै दिन सिलन्यस हुदै गर्दा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगातीमा पनि पूर्वमन्त्री एवं संघीय सांसद महेश बस्नेतलेद्धारा बिधिगत रुपमा पुजा आजा गरि ५० शय्याको नगर अस्पतालको कामको थालनी भएको छ ।

National Life

अस्पतालका लागि सांसद कोष र नगरपालीकाको साझेदारिमा रु। १ करोड ५० लाखको लागतमा सञ्चालनमा ल्याइने भएको छ । कोभिड–१९ लाई केन्द्रित गरी तत्काल सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिए पनि यो अस्पताललाई २०० शय्यासम्मको अत्याधुनिक अस्पतालका रुपमा विकास गर्ने लक्ष्य रहेको सांसद बस्नेतले बताउनुभयो ।

सांसद बस्नेतले, “सरकारले केही गरेन भन्नेहरुले हेरे हुन्छ, सूर्यविनायक नगरपालिकामा मात्रै होइन, सरकारले चालु आर्थिक वर्षमा एकैसाथ ३९६ स्थानीय तहमा कम्तीमा १५ शय्याको अस्पताल बनाउँदै छ । ती मध्ये करिब २५० पालिकामा आज एकैसाथ अस्पतालको शिलान्यास भएको छ ।”सबै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मका आधारभूत अस्पताल बनाउने सरकारको निर्णयअनुसार यसलाई नीति तथा कार्यक्रममा समावेश गरि अहिले ७५३ पालिकामध्ये १०४ वटामा मात्रै विभिन्न तहका अस्पताल छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

अस्पताल नरहेका ६४९ पालिकामा आगामी दुई वर्षभित्र कम्तीमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य सरकारले राखेको छ । सरकारले चालु वर्षमा ३९६ पालिकामा र अन्यमा आगामी वर्ष अस्पताल निर्माणको काम सुरु हुने बताउदै उहाँले नीति तथा कार्यक्रममा ५ देखि १५ शय्याको अस्पताल निर्माण गरिने भने पनि सबैतिर १५ शय्याकै अस्पताल बनाउने सरकारले तयारी गरेको जानकारि दिनुभयो ।

भक्तपुरका पनि सबै पालिकामा अस्पताल सञ्चालन गर्ने सरकारको लक्ष्य पुरा हुन लागेको र चाँगुनारायण नगरपालिकामा पनि केही दिनभित्रै १५ शय्याको अस्पताल सञ्चालन हुने उहाँले बताउनुभयो । सूर्यविनायक नगरपालिकाले जगातीमा निर्माण गर्न लागेको अस्पताल बढीमा दुई महिनाभित्र सञ्चालनमा आउछ भन्दै सांसद विकास कोष र नगरपालिकाको साझेदारीमा तत्काल रु। १ करोड ५० लाखको लगानीमा अस्पताल निर्माण हुने उहाँले बताउनुभयो ।

सरकारको तर्फबाट थप दुई करोड रुपैया आउने चरणमा रहेको बताउदै तत्काल सात शय्याको आइष्यू, पाँच शय्याको भेन्टिलेटर, नौ शय्याको क्याबिन र ३० शय्याको जनरल वार्डको अस्पताल सञ्चालनमा आउने सांसद बस्नेतले बताउनुभयो । यस अस्पताल सूर्यविनायक नगरपालिकाका बासिन्दाका लागि मात्रै नभई अरनिको राजमार्गसंग जोडिएकाले पूर्वबाट आउने विरामीको सेवामा समेत केन्द्रित रहने सांसद बस्नेतको भनाई थियो ।

सरकारले कोरोना नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, कानूनी शासनको स्थापनादेखि विकासका ठूला आयोजनाहरु अगाडि बढाएको देखेर आत्तिएकाहरु सरकार विरुद्ध लागेको टिप्पणी गर्दै उहाँले केपी शर्मा ओली नेतृत्व सरकारले प्रत्येक चुनौती चिर्दै पाँच वर्षको कार्यभार पुरा गर्ने बताउनुभयो ।

सु.न.पा वडा नम्बर ८ का अध्यक्ष किरण थापाले जगातीस्थित इँटा तथा टायल उद्योग प्रा।लि ले नेपाल सरकारसँग भाडामा लिएको २६० रोपनी जग्गामध्ये भूकम्पपछि टिम्बर कर्पोरेसनलाई डिपो सञ्चालनका लागि दिइएको भवनसहित तत्काल २५ रोपनी क्षेत्रमा अस्पताल बनाउन सुरु गरेको बताउनुभयो ।आजैबाट निर्माण कार्य धमाधम सुरु भएको बताउदै तत्कालका लागि अस्थायी अस्पताल भएपनि यो अस्पताल स्थायी रुपमा नै नगर अस्पतालको रुपमा विकास गरिने उहाँको भनाइ थियो ।

अबको दुईवर्ष भित्र २०० शय्याको सुुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्दै तत्काल पिसिआर ल्याबसहित, अन्य ल्याब, आफ्नै फार्मेसी, सिटीस्क्यान, एक्सरे, प्रसुती सेवा, शल्याक्रियासहित सामान्य चिकित्सा सेवा सञ्चालन गरिने बताउनुभयो ।

संघीय, प्रदेश सरकारबाट समेत बजेट थप गर्दैै लैजाने योजना रहेको बताउदै अध्यक्ष थापाले तत्काल दधिकोटमा सञ्चालित नगर अस्पताललाई यहाँ स्थानान्तरण गर्दै त्यहाँका जनशक्तिलाई यस अस्पतालमा परिचालन गर्ने गरी तयारी गरिएको छ बताउनु भयो ।

 

प्रतिकृया