• २७ भदौ २०८३, शनिबार
  • ६ः५७ बिहान

५ किलो चरेससहित दुई पक्राउ

प्रकाशित मिति

२०७७ मंसिर ३ गते, बुधबार ०६:३९

काठमाडौं, प्रहरीले पर्साको वीरगञ्जबाट लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । चरेससँगै पर्सा वीरगञ्ज महानगपालिका–२ छपकैया बस्ने २८ वर्षीय अभिषेक श्रीवास्तव र वीरगञ्ज–५ वयुका २३ वर्षीय धीरज पटेल पक्राउ परेका हुन् ।

National Life

नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागेपछि उनीहरुमाथि खानतलास गर्दा ४ किलो ९०० ग्राम चरेस बरामद भएको वडा प्रहरी कार्यालय विर्ता, पर्साका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेशराज पुरीले जानकारी दिए ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया