ओलीलाई भोलिसम्मको अल्टिमेटम दिएका छौं : झलनाथ खनाल
प्रकाशित मिति
२०७७ कार्तिक २३ गते, आईतवार ११:१५
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भोलिसम्म सचिवालय बैठक बोलाउन आफूहरुले अल्टिमेटम दिएको स्पष्ट पारेका छन् । आज विहान एक संचार कर्मीसँग कुरा गर्दै नेता खनालले भोलिसम्मपनि अध्यक्ष ओलीले बैठक नबोलाए आफूहरु विधि र प्रक्रियाअनुसार अघि बढ्ने चेतावनी दिएका छन् ।
नेकपाभित्र यतिवेला अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच विवाद चुलिएको छ । प्रधानमन्त्री ओलीले पार्टीका निर्णयहरु एकपछि अर्को गरेर कार्यान्वयन नगरेको, र विधि र प्रक्रियापनि कुल्चिएको दाहाल पक्षको आरोप छ । सचिवालयका ५ जना नेताहरु अध्यक्ष दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले हिजोमात्रै ओलीसँग बालुवाटार पुगी भेटवार्ता गरेका थिए । उनीहरुले सचिवालय र स्थायी कमिटी बैठक बोलाउनको लागि लिखित रुपमै आग्रह गरेका छन् । तर, ओलीले आफू बैठक विरोधी नभएको भएपनि तत्काल बैठक बोलाउनुपर्ने आवश्यकत्ता नरहेको जवाफ दिएका थिए ।






प्रतिकृया