• ९ असार २०८३, मंगलबार
  • २:२७ बिहान

राष्ट्रपति पदको मर्यादा उल्लंघन भएको भीम रावलको टिप्पणी

प्रकाशित मिति

२०७७ कार्तिक २१ गते, शुक्रबार ०४:०४

काठमाडौं ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद भीम रावलले नेकपाको आन्तरिक मामिलाको सन्दर्भमा राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघन भएको आरोप लगाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको आन्तरिक विवादमा आफ्नो भूमिका बढाइरहेको भन्दै विभिन्न टिप्पणी भइरहेका बेला उनले यस्तो आरोपसहितको टिप्पणी गरेका हुन् ।

Kamana Sewa

‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिंदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ,’ नेता रावलले शुक्रबार ट्विटरमा लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’

Classic Tech Desktop

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद हुँदा गठित छ सदस्यीय कार्यदलमा रावल सदस्य थिए । कार्यदलले प्रतिवेदन बुझाएलगत्तै विवाद तत्काल साम्य भए पनि अहिले आएर दुवै अध्यक्षबीच पुनः विवाद उत्पन्न भएको छ ।

पार्टीनै संकटमा पर्ने गरी उत्पन्न पुनः विवादपछि राष्ट्रपतिले उपाध्यक्ष बामदेव गौतमलाई बोलाएर पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए । त्यस्तै गृहमन्त्री रामबहादुर थापा बादललाई पनि यस्तो आग्रह गरिएको थियो ।

 

प्रतिकृया