• ९ असोज २०८३, शुक्रबार
  • १०ः४५ राती

च्याम्पियन्स लिग : रियल मड्रिड बराबरीमा रोकियो

प्रकाशित मिति

२०७७ कार्तिक १२ गते, बुधबार ०७:५१

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।

National Life

समूह बी अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिड बोरुसिया मोनचेङ्गग्लाडवाचसँग बराबरीमा रोकिएको हो ।

 

Classic Tech Mobile
Classic Tech Desktop

समूहको पहिलो खेलमा पराजित भएको रियल मड्रिड मंगलबार राति अवे मैदानमा भएको खेलमा बोरुसियासँग २-२ को बराबरीमा रोकिएको हो ।

दुई गोलले पछि परेको अवस्थाबाट रियल मड्रिड अन्तिम समयमा बराबरीको अवस्थामा पुगेको थियो ।

घरेलु टोली बोरुसियाका लागि ३३ र ५८औँ मिनेटमा मार्कस थुरामले गोल गरेका हुन् । १३ पटकको च्याम्पियन रियल मड्रिडका लागि ८७औँ मिनेटमा करिम बेन्जिमाले एक गोल फर्काए ।

इन्जुरी समयको तेस्रो अर्थात ९३औँ मिनेटमा कासेमिरोले गोल गरेर टोलीलाई हारबाट जोगाए ।

बेन्जिमाको गोलका लागि सहयोग गरेका कासेमिरोलाई गोलका लागि सर्जियो रामोसले सहयोग गरेका हुन् ।

बराबरीपछि रियल मड्रिडले एक अंक जोडेको छ । चार अंकसहित बोरुसिया समूहको शीर्ष स्थानमा छ ।

 

प्रतिकृया