• १८:०६ २०८० चैत्र १६ गते
  • 6:06 pm

प्रिमियर लिग : युनाईटेड र चेल्सीको खेल गोलरहित बराबरी

प्रकाशित मिति

२०७७ कार्तिक ९ गते, आईतवार ०७:२७

united vs chelsi e1603590138499

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र चेल्सीको खेल गोलरहित बराबरी भएको छ ।

शनिबार राति भएको खेलमा युनाईटेड र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाढेका छन् ।

 

ओल्ड ट्राफोर्डमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा अंक बाढ्नु परेको हो ।

युनाईटेडका स्ट्राइकर एडिनसन काभानीले चेल्सीविरुद्धको खेलबाट डेब्यु गरे । फ्रेन्च क्लब पीएसजीबाट आएका उनी ड्यानियल जेम्सको स्थानमा ५८औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

बराबरीसँगै युनाईटेडले ६ खेलमा ८ अंक जोडेको छ । युनाईटेड तालिकाको ११औँ स्थानमा रहेको छ ।

चेल्सीले ६ खेलमा ९ अंक जोडेको छ । चेल्सी तालिकाको छैठौँ स्थानमा रहेको छ ।

प्रतिकृया