• ७ असोज २०८३, बुधबार
  • १ः३३ दिउँसो

झापाका गणेशले, फर्म भरेकै भरमा पाए टीभीएसको बाइक

प्रकाशित मिति

२०७७ कार्तिक ३ गते, सोमबार १२:१७

काठमाडौं – ‘टीभीएस दसैंको आशा’ योजना अन्तर्गत झापा विर्तामोड –५ का गणेशप्रसाद गौतमले टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल प्राप्त गरेका छन् । टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल टीभीएसको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद नगरी उनले निःशुल्क प्राप्त गरेका हुन् ।

National Life

गौतमले झापाको विर्तामोड –५ स्थित कृषिथोक बजारमा विगत नौ वर्षदेखि तरकारीको होलसेल व्यापार गर्दै आएका छन् । उनले टीभीएसको https://tvsnepal.com/dashain/ मा गएर फारम मात्र भरेका थिए ।

हरेक साता टेलिभिजन र टीभीएसको फेसबुकमा प्रत्यक्ष प्रशारणमार्फत गरिने लक्की ड्र मार्फत झापा विर्तामोड –५ का गणेशप्रसाद गौतमले टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल प्राप्त गरेका हुन् । टीभीएसको बिर्तामोडका लागि आधिकारिक बिक्रेता पाथिभरा अटोलिंक बिर्तामोडमा आयोजित कार्यक्रममा गौतमलाई टीभीएस अपाचे आरआर ३१० मोटरसाइकलको चावी हस्तान्तरण गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

विर्तामोड उद्योग वाणिज्य संघका महासचिव तथा रोटरी क्लव अफ विर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारी, पाथिभरा अटोलिंकका सञ्चालक याम कार्की , जगदम्बा मोटर्सका क्षेत्रीय प्रतिनिधि तीर्थ रिजाललगायतले गौतमलाई टीभीएस अपाचे आरआर ३१० मोटरसाइकलको चावी हस्तान्तरण गरेका थिए ।

Motorhead

विजेता गौतमले कार्यक्रममा टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल लक्की ड्र भनेको आफूले जीवनमा कहिल्यै बिश्वास नै नगरेको भए पनि एक्कासी टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल तपाईलाई पर्यो भनेर कम्पनीबाट फोन आउँदा आफू छक्क परेको बताए ।आफू मोटरसाइकल किन्ने सोचमा रहेपनि पैसाको अभावमा किन्न नसकिरहेको समयमा ‘टीभीस दसैंको आशा योजना’ अन्तर्गत लक्की ड्र मार्फत टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल प्राप्त गरेकोमा जगदम्बा मोटर्सलाई धन्यवाद दिएका छन् ।‘

कार्यक्रममा पाथिभरा अटोलिंकका सञ्चालक सजेश शिवाकोटी, विपिन वस्नेत, नेपाल अटो मेकानिक ट्रेड युनियन मोटरसाइकल इलाका कमिटी बिर्तामोडका संस्थापक अध्यक्ष दिपेश वस्नेत लगायतको सहभागिता रहेको थियो ।

हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि https://tvsnepal.com/dashain/ मा गएर फारम भर्नु पर्नेछ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजुद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु हो ।

 

प्रतिकृया