दिपक गिरीलाई उत्कृष्ट प्रहरी प्रशंसा पत्र प्रदान
प्रकाशित मिति
२०७७ कार्तिक ३ गते, सोमबार ०९:४७
लमजुङ कव्होलासोथार गाउँपलिका वडा.९ गिलुङका ५९ वर्षीय बिमाया भन्ने बुद्धिमाया बि.क को हत्यामा संलग्न बिल बहादुर बिक लाई प्रहरीले पक्राउ गरेको छ ।
बुद्धिमाया बि.क को आफ्नै घरमा हत्या भएपछि प्रहरीले उक्त घटनाको अनुसन्धानसुरु गरेको थीयो । यस्र क्रममा घटनाको सुक्ष्म अनुसन्धान गरि सोही स्थान बस्ने बर्ष ५७ को बिल बहादुर बि.क लाई पक्राउ गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यलय लमजुङले जधन्य अपराधको सफल अनुसन्धानमा खेलेको अहम् र अनुकरणिय भुमिकाले आम नागरिक बिच प्रहरी संगठनको छबि उच्च बन्न गएको भन्दै प्रहरी जवान दिपक गीरीलाई आश्वन महिनाको उत्कृष्ट प्रहरीको प्रशंसा पत्र प्रदान गरेको छ ।
महिनाको उत्कृष्ट प्रहरीको प्रशंसा पत्र प्रदान कार्यक्रम लमजुङ प्रहरी प्रमुख गंगा बहादुर थापा को अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला लमजुङ प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा बाट दिपक गिरिलाई ६५ औ प्रहरी दिबस को दिन सम्मान गरीएको हो ।







प्रतिकृया