• ८ असोज २०८३, बिहीबार
  • ६ः४३ बेलुका

सानिमा बैंकको नयाँ विस्तारित काउन्टर सप्तरी

प्रकाशित मिति

२०७७ आश्विन २८ गते, बुधबार ०४:३०

काठमाडौं, सानिमा बैंक लिमिटेडले सप्तरीको बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । सानिमा बैंकको बोदेबर्साइन विस्तारित काउन्टर बुधबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो ।

National Life

बोदेबर्साइन नगरपालिका वडा नं. ५ स्थित सो काउन्टरको समुद्घाटन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरे । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई विस्तारित काउन्टर संचालनमा आएकोमा मेयर सिंहले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्न आग्रह गरे ।सानिमा बैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिकृया