• १० असोज २०८३, शनिबार
  • ५ः३७ बिहान

यसपालि दसैँमा सरकारी कार्यालयहरुमा घटस्थापनाबाटै बिदा दिन सुझाव

प्रकाशित मिति

२०७७ आश्विन २८ गते, बुधबार ०४:१७

काठमाडाैं, बढ्यो कोरोना संक्रमणलाई ध्यानमा राख्दै यसपालि दसैँमा घटस्थापना अर्थात् कात्तिक १ गतेदेखि नै सरकारी कार्यालयहरुमा बिदा दिनुपर्ने सुझाव सरकारसमक्ष पुगेको छ।

National Life

नेपाल सरकारका सचिवहरुबाट यस्तो सुझाव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको हो। सिंहदरबारदेखि बालुवाटारसम्म कर्मचारीदेखि मन्त्रीहरुसम्म कोरोनाबाट संक्रमित भएपछि सचिवहरूले घटस्थापनादेखि नै सरकारी कार्यालयहरु बिदा गर्न सुझाव दिएका हुन्।

सरकारको नियमित दसैं बिदा भने यसपालि कात्तिक ७ गते (फूलपाती) देखि कात्तिक ११ गतेसम्म छ। सचिवहरूले मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर आफ्ना मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयहरुमा धमाधम कोरोना संक्रमण फैलिन थालेकाले दसैँ बिदा लम्ब्याउन सुझाव दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यसपालि दसैँमा घटस्थापनादेखि नै सरकारी कार्यालयहरुमा बिदा दिन सुझाव सचिवहरुबाट आए पनि कुनै निर्णय भई नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले जानकारी दिए।

त्यसो त गत असोज २६ गते संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसदहरूले काठमाण्डौको कोरोना नियन्त्रण र रोकथामका लागि कडा खालको लकडाउन र उपत्यकाका नाका बन्द गर्नुपर्ने सुझाएका थिए। सरकारले पनि यसपालिको दसैँ आफू जहाँ छौँ त्यहीँ बसेर मनाउन जनतासँग अपिल गरिसकेको छ।

प्रतिकृया