• ७ असोज २०८३, बुधबार
  • ३ः३४ दिउँसो

विश्वास सहकारीको साधारणसभा

प्रकाशित मिति

२०७७ आश्विन २४ गते, शनिबार ०३:२९

मध्यपुर थिमि, मध्यपुर थिमि नगरपालिका वडा नं.६ बाहाखाबजार स्थित विश्वास बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

National Life

संस्थाका अध्यक्ष तुल्सीभक्त श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाकी उपप्रमुख अन्जनादेवी मधिकर्मीले विश्वास साकोसको हालसम्मको वित्तिय अनि सामाजिक कार्यक्रमहरु सन्तोषजनक रहेको बताएकी छन् । उपप्रमुख मधिकर्मीले कोभिड १९ रोगबाट बच्न अपनाउनु पर्ने सावधानीबारे चर्चा गर्दै विश्वास साकोसले महिला लक्षित उद्यमशीलताका कार्यलाई पनि अगाडि बढाउनु पर्ने धारणा राखेकि छन् । कार्यक्रममा संस्थाका अध्यक्ष तुल्सीभक्त श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सबै सेयर सदस्यहरुको कोभिड बिमा गरेको जानकारी दिए ।

संस्थाका सचिव सुरेश साहु श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । संस्थाका कोषाध्यक्ष लक्ष्मण कारञ्जितले आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाले गत आर्थिक वर्षमा ३४ लाख १३ हजार रुपैंया खुद बचत गरेको जानकारी दिनुभयो । संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले सेयर सदस्य १९ सय र सेयर पुँजी २ करोड ९ लाख ३० हजार ४ सय पुगेको जानकारी दिए । लेखासंयोजक पुरुषोत्तम श्रेष्ठले लेखा सुपरिवेक्षन समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको गतिविधि सन्तोषजनक भएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा मध्यपुर थिमि नगरपालिका सहकारी विभागका प्रमुख सुरेश कुमार राईले सहकारीले राष्ट्रिय उत्पादन एवं संस्थागत उद्यमशीलता एवं व्यवसायिकतामा लगानी बढाउनु पर्ने बताए । कार्यक्रममा सेयर सदस्यहरुको तर्फबाट डा.राजेन्द्र तमिदेवा श्रेष्ठले आफ्नो धारणा सहित शुभकामना मन्तव्य दिएका थिए । संस्थाको कार्यालय सञ्चालक एवं केही अतिथिहरुको उपस्थितिमा सुरक्षा सावधानी अपनाएर कार्यक्रम आयोजना गरिएको थियो ।

 

 

प्रतिकृया