• २७ भदौ २०८३, शनिबार
  • ८ः५७ बिहान

सुदूरपश्चिममा कोरोना निको हुने दर ८६ प्रतिशत

प्रकाशित मिति

२०७७ आश्विन २१ गते, बुधबार ०६:०८

सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशमा कोभिड—१९वाट आजसम्म कूल सङ्क्रमित हुने मध्ये झण्डै ८६ प्रतिशत अर्थात् छ हजार ६००जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्याङ्कका अनुसार आजसम्म कुल सङ्क्रमित सात हजार ६६१ जना पुगेका छन् ।

National Life

यही असोज १ गते सम्म कूल सङ्क्रमित छ हजार ५२८जना रहेकोमा ती मध्ये ८७ प्रतिशत अर्थात् पाँच हजार ७१४जना डिस्चार्ज भएका छन् । मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो बीस दिनमा निको हुने दर एक प्रतिशतले घटेको देखिन्छ ।

असोज महिनालागेसँगै प्रदेशमा सङ्क्रमित हुने र मृत्यु हुने दरमा केही वृद्धि भएको छ । कोरोना भाइरसको सङ्क्रमणवाट असोज १गते सम्म १२जनाको मृत्यु भएकोमा पछिल्लो बीस दिनमा थप छ जनाको मृत्यु भएपछि आज सम्म मृत्यु हुनेको सङ्ख्या १८पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसै गरी २० दिन यता एक हजार १३३ नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्ला दिनमा कोभिड—१९का सक्रिय सङ्क्रमितको दर पनि बढ्दै गएको देखिएको छ । तीन हप्ता अघि ८०२जना रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या आज एक हजार ४३ पुगेको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले केही दिन देखि कोभिड—१९का जटिल अवस्थाका बिरामी बढ्न थालेको बताउनुभयो ।

तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दै जाँदा यो रोगको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ । धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले होम आइसोलेशनमा बस्नेहरुले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन गरेको लापरवाहीले सङ्क्रमण पनि बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘सङ्क्रमण बढ्दै गएकोले यसको रोकथामका लागि महिला स्वयमसेवीलाई घर घरमा परिचालन गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउने सम्बन्धी चेतना अभिवृद्धि गराउन लागेका छौं ।‘‘ पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, अछाम र डोटीमा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड—१९को सङ्क्रमणका कारण हालसम्म प्रदेशको कैलालीका नौ,अछाम, बझाङ,र बाजुराका दुई÷दुई र कञ्चनपर, डडेलधुरा र बैतडीका एक÷एक सङ्क्रमितको मृत्यु भएको छ ।
रासस

प्रतिकृया