• ७ असोज २०८३, बुधबार
  • १ः०७ दिउँसो

आज २ सयले बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०७७ आश्विन १८ गते, आईतवार १२:१७

काठमाडौं, आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला २ सय र चाँदीको ५ रुपैयाँले बढेको हो ।

National Life

शुक्रबार ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार २ सयले बढेर ९४ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ ।चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया