• ९ असोज २०८३, शुक्रबार
  • १ः२२ राती

३४ लाख सहयोग केशव भट्टराइको परिवारलाई

प्रकाशित मिति

२०७७ आश्विन १५ गते, बिहीबार १२:१७

काठमाण्डौ, तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्माता केशव भट्टराइको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

National Life

भट्टराइको निधन भएपछि उनको परिवारलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ गठन भएको ‘स्वर्गिय केशव भट्टराई परिवार सहयोग समितीले’ सहयोग रकम आज एक कार्यक्रम गर्दै उनको परिवारलाई हस्तान्तरण गरेको हो । भट्टराइकी धर्मपत्नी नीता भट्टराइलाई सहयोगबाट उठेको ३४ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । समितीले सहयोग रकम संकलनका लागि देश तथा विदेशमा रहेका चलचित्रकर्मीलाई आह्वान गरेको थियो ।

विदेशमा रहेका चलचित्रकर्मीहरु नारायण पुरी, कृष्ण चापागाई, सुमन दाहाल, सुरेश दर्पण पोखरेल, श्याम भट्टराई, गरिमा पन्त, शंकर घिमिरे, अरुणिमा लम्साल, रञ्जना शर्मा, युना उप्रेती, गणेश उप्रेती, मुकेश ढकाल, सुमन गैरै, ऋचा घिमिरे, दिलिप रायमाझी, जल शाह, सारङ्गा श्रेष्ठ, राजवल्लभ कोईराला, भानु प्रताप, जीवन लुईटेल, बाबु बोगटी, गोपाल नेपाल, राजु लामा लगायतका कलाकारहरुले सहयोग पठाएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै नेपालबाट समितिमा रहेका सदस्यहरु स्वयम र अन्य चलचित्रकर्मीहरुले पनि रकम संकलन गरेका थिए । जसमा राजकुमार राई, छक्का पञ्जा टिम, प्रभु शम्शेर जवरा, ओम अग्रवाल, नरेन्द्र मर्हजन, छविराज ओझा, निकिता पौडेल, विराटनगरका मेयर, चलचित्र पत्रकार संघ हेटौंडा शाखा, चलचित्र ‘आमा’ टिम, आकाश अधिकारी लगायतले सहयोग गरेका थिए छन् ।

निर्माता तथा तत्कालिन विकास बोर्ड अध्यक्ष भट्टराइले चलचित्र क्षेत्रका लागि थुप्रै काम मात्र गरेका छैनन् निर्माताको रुपमा हिट चलचित्र पनि दिएका छन् । चलचित्र विकास बोर्डमा नियुक्ती भएको ६ महिना नवित्दै उनको निधन भएको थियो ।

प्रतिकृया