• ७ असोज २०८३, बुधबार
  • ६ः५८ बिहान

पोखरामा आन्तरिक पर्यटकलाई सहुलियत दिँदै प्याराग्लाइडिङ सञ्चालन

प्रकाशित मिति

२०७७ आश्विन १५ गते, बिहीबार ०७:३९

पोखरा, कोरोना महामारीका कारण झण्डै छ महिनासम्म बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनमा आएको छ । असोज ५ गतेबाट परीक्षण उडान भइरहेको प्याराग्लाइडिङ कम्पनीले असोज १५ गतेबाट नियमित सञ्चालनमा आउने भएको हो । नेपाल हवाई खेलकुद संस्था ९ना० का अध्यक्ष कृष्ण भण्डारीले कोरोनाको जोखिमका कारण बन्द भएका कम्पनीहरुलाई पुनः बुकिङ सुरु गर्न लागेको जानकारी दिनुभयो । सुरक्षाका निश्चित मापदण्ड अपनाएर परीक्षणकालमा रहेको बताउँदै १५ गतेदेखि सञ्चालनमा आउनेछ ।

National Life

पोखराको आकाशमा हावामा कावा खाँदै मनोरञ्जन गर्ने, गराउने प्याराग्लाइङिड पुनः संचालनमा ल्याउन पाउँदा व्यवसायीमा उत्साह थपिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । “यतिबेला सहुलियत दरमा आन्तरिक पर्यटक उडाउने भन्ने सोच बनाएका छाँै, पहिला सातहजार पाँचसय शुल्क रहेकोमा अहिले नेपालीहरुको लागि सहुलियत दिएर पाँच हजारमा बनाउने सोच रहेको छ,” उहाँले भन्नुभयो ।

पोखरामा प्याराग्लाइडिङमा एक अर्वको लगानी रहेकोमा छ महिनामा ५० करोड घाटा हुन पुगेको छ । गतवर्षहरुमा २५ प्रतिशत आन्तरिक र ७५ प्रतिशत बाह्य पर्यटकका कारण सरदरमा दिनमा चारसय जना उडाउने गरेको बताउँदै तत्काल आन्तरिक पर्यटकहरुको माध्यमबाट नै प्याराग्लाइडिङ क्षेत्रमा केही सुधार ल्याउने योजना बनाएको उहाँ बताउनुहुन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पोखराको सराङकोट, तोरीपानी, मान्द्रे ढुंगाबाट ६० वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने र फेवाताल किनारमा अवतरण गर्ने गदर्छन् । नेपाल हवाई खेलकुद संस्था ना का महासचिव बलराम आर्चाय पोखरा प्याराग्लाइडिङको उत्कृष्ट मध्ये एक गन्तव्य रहेको बताउँदै यसलाई पहिलेको अवस्थामा फर्काउन थुप्रै चुनौती सामना गर्नुपर्ने बताउनुहुन्छ । चिनियाँ पर्यटक बढी आउने भएकाले ‘कोरोनाले थलिएको अवस्था छ, तत्काल बाह्य पर्यटक आउने अवस्था छैन,आन्तरिक पर्यटनलाई जोड दिन्छौ, विदेशी युवाले बढी मन पराउने भएकाले यसबाट तत्कालै फाइदा लिने अवस्था छैन, केवल उठनुछ, व्यवसायबाट पलाउन हुन लागेकालाई पुनःस्थापित गराउनुछ, सिप तिर्खानुछ ।’ उहाँले भन्नुभयो ।
गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया