• ८ असोज २०८३, बिहीबार
  • १०ः३४ राती

सुनको भाउ तोलामै १७ सय रुपैयाँले घट्यो

प्रकाशित मिति

२०७७ आश्विन ६ गते, मंगलवार १२:०२

काठमाडौं, सुनको मूल्य मंगलबार तोलामै १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो । मंगलबारका लागि छापावल सुनको कारोबार मूल्य १७ सय कम भएमको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

मंगलबारकालागि महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ । चँँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको व्यासायीहरुले बताएका छन् । कोभिड १९ का कारण मन्दी छाएको विश्वअर्थतन्त्रमा लगानीका वातावरणहरु फराकिलो बन्दै जानु,सुनमा भएको लगानी घट्दै अन्त्र लगानी थपिनु जस्ता कारणले मूल्य घटेको व्यवसायीहरुले बताएका छन् ।

प्रतिकृया