• ८ असोज २०८३, बिहीबार
  • ९ः१४ राती

नेप्सेमा झिनो सुधार

प्रकाशित मिति

२०७७ आश्विन ४ गते, आईतवार ०८:४१

काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ३ अङ्कले वृद्धि भई एक हजार ५७५.१८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१२ ले वृद्धि भई ३१३.६२ मा पुगेको छ । कूल १८८ कम्पनीको ९२ लाख २३ हजार ७१२ कित्ता शेयर रु दुई अर्ब ७४ करोड २७ लाख ९५ हजार ६९२ मूल्यमा खरिद बिक्री भए । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १९।४१, विकास बैंक २५.८८ र वित्त २८.६६ बिन्दुले बढेको छ । यस्तै होटल ९६.६५, जलविद्युत् ५२.३७, निर्जीवन बीमा ७०.११, उत्पादन २.१७, अन्य १०।३६, लघुवित्त १३.८१, जीवन बीमा ५६.२६ र सामूहिक लगानी कोष ०.१ बिन्दुले ओरालो लागेको छ ।

National Life

कारोबारका आधारमा आज रिलायन्स लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ४७ लाख ६४ हजार ५१६ बराबरको कारोबार भयो । यस्तै नेपाल पुनरबीमा कम्पनी रु १६ करोड २९ लाख ४० हजार १९७, नेपाल बैंक लिमिटेड रु १४ करोड २० लाख ६५ हजार ९२५, सिभिल बैंक लिमिटेड रु सात करोड ५० लाख ५० हजार ३३४, अरुण काबेली पावर रु सात करोड ३६ लाख ५० हजार ५९९, नबिल बैंक रु छ करोड ४१ लाख आठ जार ४६ र कुमारी बैंक लिमिटेड रु छ करोड १६ लाख ९८ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

कारोबारका आधारमा आज खानी खोला हाइड्रोपावर १०, रिलायन्स फाइनान्स ९.६६, सप्तकोशी डेभलपमेन्ट बैंक ९.६३, घलेम्दी हाइड्रो ९.३८, सेन्ट्रल फाइनान्स ९.३५ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ८.९७ प्रतिशतले कमाएका छन् । त्यस्तै, आजदेखि कारोबार शुरु भएको लिवर्टी इनर्जी र हिमला दोलखा हाइड्रो पावरका लगानीकर्ताले समान १० प्रतिशतले गुमाउँदा हिमालयन ऊर्जा ९.९३, पाँचथर पावर कम्पनी ९.८२, जोशी हाइड्रोपावर ९.७३ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९.५७ प्रतिशतले गुमाएका छन् । उता नेपाल स्टक एक्सचेञ्जले शेयर बजारमा प्रभाव पार्ने सूचना प्रवाह गरेको भन्दै सोमबार बिहानसम्म स्पष्टिकरण पेश गर्न सिभिल बैंक लिमिटेडलाई पत्र काटेको छ ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया