• 12:48 pm

प्रधानमन्त्री ओली किन फेरि घेराबन्दीमा ?

प्रकाशित मिति

२०७७ भाद्र १८ गते, बिहीबार ०४:४०

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद समाधान उन्मुख भइसक्दा फेरि समस्या आएको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाबाट उनी विरोधी नेताहरु पछि हटेपनि नयाँ बखेडा निस्कने भएको छ ।अब ओलीइतर नेताहरुको ध्यान मन्त्रिमण्डल पुर्नगठनमा गएको छ । यसलाई उनीहरुले अस्त्रका रुपमा प्रयोग गर्ने देखिएको छ ।

ओलीले बामदेव गौतमको राष्ट्रियसभा सदस्य बन्ने चाहनाबाट नै आफूमाथि नयाँ घेराबन्दी शुरु भएको बुझेका छन् । उनले निकटस्थसँग यो प्रसंग उठाइसकेका छन् । विगतमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम एकजुट भएर ओलीविरुद्ध प्रहार गरेका थिए । पछि गौतम यु टर्न भई ओलीको पक्षमा देखिएका थिए । तर, फेरि बामदेवको सांसद बन्ने चाहनाले धेरै सम्भावना विकास गरेको छ ।

बामदेवलाई सांसद बनाएपछि उपप्रधानमन्त्रीसहित मन्त्री बनाउनुपर्ने दबाब पर्न सक्छ । उनले अर्थमन्त्री दाबी गर्ने देखिएको छ । यसैलाई दृष्टिगत गरी ओलीले अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई निरन्तरता दिन खोजेका छन् । तर, त्यो अवस्थामा आएमा नेकपाभित्र भाँडभैलो शुरु हुनसक्छ ।

बामदेवलाई सांसद बनाउन प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल पनि जोड दिन थालेका छन् । यसलाई उनीहरुले पार्टी निर्णय कार्यान्वयनसँग जोडेर हेरेका छन् । तर, ओली आफूविरुद्ध फेरि घेराबन्दी भएको बुझ्न थालेका छन् । यसपटक गौतम निकै कडा रुपमा प्रस्तुत भएका छन् अब कि त उनलाई अर्थमन्त्री बनाउनुपर्ने वाध्यता बनेको छ कि त ओलीले कडा अवस्थाको सामना गर्नुपर्ने भएको छ ।

प्रतिकृया