कञ्चनपुरको महाकाली अस्पतालमा आइसीयू सेवा सुरु
प्रकाशित मिति
२०७७ भाद्र १५ गते, सोमबार ०३:१४
बुटवल, कञ्चनपुरको महाकाली अस्पतालमा सघन उपचार कक्ष आइसीयू सेवा सुरु भएको छ । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिका सभापति निरु पालले सोमबार सो सेवाको उद्घाटन गर्दै नागरिक स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने बताइन् ।
‘केही महिनाभित्रै देखिने गरी अस्पतालको सेवामा सुधार ल्याउनु पर्दछ,’ उनले भनिन्, ‘यो अस्पताल अब रिफर अस्पताल रहनु हुँदैन ।’
अस्पतालको विकास, विस्तार र प्रभावकारी सेवा प्रवाहमा यहाँका जनप्रतिनिधि र राजनीतिक दलले सकारात्मक भूमिका खेल्नुपर्नेमा उनले जोड दिइन् ।
सो अवसरमा उनले थाइराइड मेसिन र आधुनिक एम्बुलेन्स सेवाको पनि शुभारम्भ गरिन् । महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हरिकुमार श्रेष्ठले हाल ६ शय्याको आइसीयु सेवा सञ्चालनमा आएको जानकारी दिँदै निकट भविष्यमा १० शय्याको पु र्याइने बताइन् । उनले विगत १ महिनामा ४३ जना बिरामी आइसीयू उपचारपछि निको भएर घर फर्किएको जानकारी दिइन् । रासस







प्रतिकृया