• ८ असोज २०८३, बिहीबार
  • ९ः४१ बिहान

टिकटक खरिद गर्ने वालमार्टको इच्छा, खरिद गर्न ३० अर्ब डलर लाग्ने

प्रकाशित मिति

२०७७ भाद्र १५ गते, सोमबार ०८:३५

काठमाडौं,  टिकटक अहिले सबैको प्रयोग गर्ने प्रीय कुरा भएको छ । साथै अत्याधिक रुपमा प्रयोग पनि भइरहेको छ । लोकप्रिय सोसल मिडिया एप टिकटक खरिद गर्न चाहने अमेरिकी कम्पनीहरु धेरै छन् । अब यसको सूचिमा दिग्गज खुद्रा व्यापार कम्पनी वालमार्ट पनि थपिएको छ ।

National Life

टिकटकको अमेरिकी व्यवसाय खरिद गर्नका लागि यसअघि माइक्रोसफ्टले छलफल अगाडि बढाइसकेको छ । बीबीसीसँगको कुराकानीमा वालमार्टका अधिकारीले अमेरिकास्थित चिनियाँ भिडियो शेयरिङ एप टिकटक आफूले खरिद गरेमा त्यसको सञ्चालन विस्तारका लागि सहज हुने बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै टिकटकले ९० दिनभित्र अमेरिकामा आफ्नो अमेरिकी शाखा कुनै पनि अमेरिकी कम्पनीलाई बिक्री गर्नुपर्नेछ । अन्यथा अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

माइक्रोसफ्टले भने अगष्ट महिनाको सुरुमै टिकटक खरिदका लागि छलफल अगाडि बढेको बताएको थियो । रिपोर्ट अनुसार टिकटकको अमेरिकी शाखा खरिद गर्नका लागि ३० अर्ब डलर खर्चिनुपर्ने हुनसक्छ । त्यस्तै चीन सरकारले पनि अमेरिकाको दाबीको खण्डन गर्दै टिकटकविरुद्धको अमेरिकी कदम राजनीति प्रेरित रहेको बताएको छ ।

स्रोतः बीबीसी

प्रतिकृया