• ८ असोज २०८३, बिहीबार
  • ५ः०१ बेलुका

सरकारले लगाएको प्रतिबन्धविरुद्ध सयौँ मानिस सडकमा

प्रकाशित मिति

२०७७ भाद्र १४ गते, आईतवार ०३:०१

एजेन्सी, कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि लगाइएको प्रतिबन्धका बाबजुदमा जर्मनीमा सयौँ मानिस सडकमा उत्रिएका छन् । कोरोना रोकथामका नाममा सरकारले अव्यवहारिक प्रतिबन्ध कायमै गरेको भन्दै जर्मनीको राजधानी बर्लिनमा दुई समूहले आयोजना गरेको प्रदर्शनमा ६८ हजारभन्दा बढी मानिस सहभागी भएको बीबीसीले जनाएको छ ।

National Life

प्रदर्शनकारीहरुले सरकारले लगाएको प्रतिबन्धहरु खारेज हुनुपर्ने माग गरेका छन् । कोरोना महामारी बढिरहेका बेला प्रदर्शन भएपछि प्रहरीले त्यसलाई रोक्ने प्रयत्न गरेको थियो । सो क्रममा झडपसमेत भएको छ ।

झडपमा प्रहरीले ३ सयभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । जर्मन अखबार डाएचे वेलेका अनुसार विरोध प्रदर्शनमा भएका झडपमा केही प्रहरी घाइते पनि भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सुरूवाती चरणमा कोरोना भाइरसको नियन्त्रणका लागि लगाइएको लकडाउन केही खुकुलो बनाइएलगत्तै संक्रमण फैलिन थालेपछि जर्मनीमा फेरि कडाइ गरिएपछि सर्वसाधारण सडकमा उत्रिएका हुन् ।-रेडियो एनआरएन/Photo Source: Aljazeera

प्रतिकृया