• १० असोज २०८३, शनिबार
  • ८ः४७ बिहान

भदौ १७ देखी नियमित उडान

प्रकाशित मिति

२०७७ भाद्र ११ गते, बिहीबार ०५:४१

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ (सेप्टेम्बर) २० बाट अन्तरराष्ट्रिय उडान सञ्चालन तालिका तय गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण सुरक्षित उडानका लागि आवश्यक तयारीमा जुटेको छ ।

National Life

मन्त्रालयले मंगलवार नियमित तथा चार्टर अन्तरराष्ट्रिय उडान तालिका, उडान सञ्चालन गर्दा पालना गर्नुपर्ने शर्त र यूएन एजेन्सी र विकास साझेदारहरूको सूचीसमेत संलग्न गरी उडान स्वीकृतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशनसँगै प्राधिकरणले सरोकारवालाहरूसँग समन्वय गरी आवश्यक तयारी शुरू गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । सरकारले १७ गतेदेखि दैनिक ५०० यात्रु नबढ्नेगरी उडान गर्ने निर्णय गरेको छ । उनका अनुसार एक उडान र अर्को उडानबीचको समय, यात्रुको आवागमन तथा उडान समय सबैलाई ध्यानमा राख्दै विभिन्न प्रोटोकल बनाई उडान गर्न दिइनेछ,’ । क्षेत्रीका अनुसार अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ), विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) तथा प्राधिकरण आफैले बनाएको मार्गनिर्देशनलाई पालना गर्दै उडानको तयारी भएको छ । ‘वायु सेवा कम्पनीहरूले पनि आ–आफ्नै प्रोटोकल बनाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया