नेपालमा थप ८५५ जनामा संक्रमण पुष्टि, ७ जनाको ज्यान गयो
प्रकाशित मिति
२०७७ भाद्र ९ गते, मंगलवार ०४:४४
काठमाडौं, कोभिड(१९ संक्रमण बढ्दो क्रममा रहेको छ। पछिल्लो २४ घण्टामा देशभर थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ।
कोभिड(१९ को नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ हजार ३२७ जनाको स्वाब लिइएको थियो। पछिल्लो अपडेटमा ३१३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण सात जनाको मृत्यु भएको छ। मृत्यु भएकामा काठमाडौंका एक महिला र अरु सबै पुरुष छन्। मृत्यु भएकामध्ये काठमाडौंका २ पुरुष, एक महिला रहेका छन्। त्यसैगरी सिराह, पर्सा, धनुषा र रुपेन्देहीका एक एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणका कारण नेपालमा १६४ जनाको मृत्यु भइसकेको छ।






प्रतिकृया