• ६ असोज २०८३, मंगलबार
  • १०ः५३ बिहान

नेपालमा थप ६४१ जना कोरोना संक्रमीत थपीए, १३४ डिस्चार्ज, दुई जनाको ज्यान गयो

प्रकाशित मिति

२०७७ श्रावण ३२ गते, आईतवार ०४:४५

आज थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस मध्ये काठमाडौंमा १२६ जना छन्। ललितपुरमा ३८ र भक्तपुरमा आठ जनामा संक्रमण पुष्टि भएको छ। मोरङमा ९३, रुपन्देहीमा ५७, पर्सामा ६० जना संक्रमण पुष्टि भएको छ। आइतबार थपिएको सहित नेपालमा संक्रमित हुनेको संख्या २६ हजार ६६० जना पुगेको छ।

National Life

२४ घण्टामा १३४ जना निको भएर घर फर्किएका छन्। यो सहित संक्रमित निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ। अर्थात्, ६५ प्रतिशत संक्रमित निको भएका छन्। उपचारत संक्रमितको संख्या भने बढेर गएको छ। आइतबार आज थप दुई जनाको मृत्यु भएको छ।

प्रतिकृया