• ४ असोज २०८३, आइतबार
  • १२ः५३ राती

काठमाडौं उपत्यकामा आज १७२ जनामा कोरोना पुष्टि

प्रकाशित मिति

२०७७ श्रावण ३२ गते, आईतवार ०५:२१

काठमाडौं, काठमाडौं उपत्यकामा आज थप १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुमा ३८ र भक्तपुरमा ८ जना गरी जम्मा १७२ जना संक्रमित थपिएका छन् । नेपालमा आइतबार आज थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आाइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ३३५ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया