• २५ भदौ २०८३, बिहीबार
  • ३ः०७ दिउँसो

नेपालमा थप ५२५ जनामा कोरोना पुष्टि, १०९ जना  संक्रमणमुक्त

प्रकाशित मिति

२०७७ श्रावण २९ गते, बिहीबार ०४:३९

काठमाडौं, पछिल्लो २४ घन्टामा नेपालमा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ९५७ जना पुगेको छ।

National Life

पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ८३७ उपचारपछि निको भएका छन्। हालसम्म कोरोनाबाट ९५ जनाको मृत्यु भएको छ ।

प्रतिकृया