• ७ असोज २०८३, बुधबार
  • ७ः२६ बिहान

भारतमा २४ घण्टामा थपिए  ६२ हजारभन्दा बढी कोरोना संक्रमित 

प्रकाशित मिति

२०७७ श्रावण २३ गते, शुक्रबार ०६:४७

 

National Life

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार सम्म भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २० लाख २५ हजार ४०९ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १३ लाख ७७ हजार ३८४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६ हजार ३८७ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८९९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४१ हजार ६३८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिकृया