नेकपा अध्यक्षद्वय ओली–प्रचण्डबीच आज साँझ पुनः छलफल हुने
प्रकाशित मिति
२०७७ श्रावण २१ गते, बुधबार ११:४४
काठमाडौ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि छलफल हुने भएको छ । आज साँझ पुन छलफल हुने प्रचण्डको नीजि सचिवालयले जानकारी दिएको छ ।
प्रचण्डको पक्षमा भएकाले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपामा पछिल्लो समय विवाद हुदै आएको छ । पार्टीको विवाद अन्त्यका लागी वार्तामा जुटेका शीर्ष नेताहरुबीच कुनै सहमति जुट्न सकेको छैन ।
यसअघि मंगलबार हिजो भएको छलफलमा लगानी बोर्डको सिइओमा विवादास्पद व्यक्तिलाई नियुक्त गरेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका थिए । साउन १३ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक एकलौटी स्थगित गरेको भन्दै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका २९ स्थायी कमिटी सदस्य र दुईजना आमन्त्रित सदस्यसहितको बैठकले ओलीसँग संवाद गर्न प्रचण्डलाई जिम्मा दिएको थियो ।






प्रतिकृया