• ७ असोज २०८३, बुधबार
  • ५ः२५ बिहान

ढुङ्गा लागेर वृद्धको मृत्यु

प्रकाशित मिति

२०७७ श्रावण १९ गते, सोमबार ०९:११

पाँचथर, भीरबाट झरेको ढुङ्गा लागेर पाँचथरमा एक वृद्धको मृत्यु भएको छ । फिदिम नगरपालिका–११ का ८२ वर्षीय हरिप्रसाद श्रेष्ठको सोही वडाको सेजेपामा बाटो हिँडिरहेको अवस्थामा ढुङ्गाले लागेर मृत्यु भएको हो ।

National Life

आइतबार सामाजिक सुरक्षा भत्ता लिन फिदिम आउनुभएका उहाँ आज घर फर्कने क्रममा टाउकोमा चोट लागेको अवस्थामा सडकमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आइतबार फिदिममै आफन्त कहाँ बसेर आज बिहानै घर फर्कने क्रममा सडकमाथिको भीरबाट झरेको ढुङ्गाले लागेर श्रेष्ठको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो । मृतक श्रेष्ठको आजै जिल्ला अस्पतालमा शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया