• १० असोज २०८३, शनिबार
  • १ः२५ राती

रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छः मुख्यमन्त्री पौडेल

प्रकाशित मिति

२०७७ श्रावण १९ गते, सोमबार ०१:१८

वाग्मती, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रक्षाबन्धन, जनैपूर्णिमालगायतका चाडपर्वले हामी सबैलाई एकतासूत्रमा बाँधी भ्रातृत्व भावनाको विकास तथा मानवताको रक्षार्थ अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

National Life

जनैपूर्णिमाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने हिन्दूको महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । “शुक्ल पूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने हिन्दू समाजमा चलन छ”, पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले सन्देशमा विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीले जनजीवनमा प्रतिकूल असर पारेको, निर्वाध चाडपर्व मनाउन तथा दैनिक जीवन व्यवहार सञ्चालन गर्नसमेत असहजता सिर्जना गरेको उल्लेख गर्दै पछिल्लोपटक वाग्मती प्रदेशका काठमाडौँसहित अन्य जिल्लामा सङ्क्रमण बढ्दो रहेको बताउनुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

“यसर्थ कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले वृद्ध तथा बालबालिकालाई घरमै बस्न आग्रह गरेको छ भने सुरक्षात्मक मापदण्ड परिपालना गर्न आम नागरिकलाई सजग गराउँदै आएको छ”, पौडेलले सन्देशमा भन्नुभएको छ ।

उहाँले सङ्क्रमणको अवस्थालाई विश्लेषण गरी प्रदेश सरकारले आवश्यकतानुसार अन्य कदमसमेत अगाडि बढाउनुपर्ने हुन्छ भन्दै मानवजातिकै चुनौतीका रूपमा देखापरेको यस भाइरसका विरुद्धको लडाइँमा संयमता, धैर्य र आत्मविश्वासलाई कायम राख्दै सुरक्षात्मक मापदण्डको अनुसरण गर्न सक्दा विजयी हुने उल्लेख गर्नुभएको छ ।

“रक्षाबन्धन, जनैपूर्णिमालगायतका चाडपर्वले हामी सबैलाई एकतासूत्रमा बाँधी, भ्रातृत्व भावनाको विकास तथा मानवताको रक्षार्थ अभिप्रेरित गर्ने विश्वाससहित सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा रक्षाबन्धन तथा जनैपूर्णिमाको शुभकामना व्यक्त गर्दछु”, पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ ।
रासस

प्रतिकृया