पेट्रोलियम पदार्थ प्रतिलिटर ४३ रुपैयाँसम्म बेच्न सकिने आयल निगमको भनाई, सरकार भने मूल्य बढाउनमा केन्द्रित
प्रकाशित मिति
२०७७ श्रावण १९ गते, सोमबार ०५:४५

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा वृद्धि गरेको हो ।
पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन आइओसीबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । मुल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मुल्य भने यथावत् राखेको छ ।
केही समय अघि नेपाल आयल निगममा कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल प्रतिलिटर ४३ रुपैयाँसम्ममा उपलब्ध गराउन सकिने बताएका थिए । नेपाली कांग्रेस (वी ।पी)को भातृ संस्था नेपाल बिद्यार्थी संघ (वी.पी) ले बुझाएको ज्ञापनपत्र बुझदै पौडेलले उक्त कुरा बताएका थिए ।
निगम पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेकोले आफ्नो निर्णय भन्दा पनि सरकारको निर्णय कार्यान्वयन गर्नु बाध्यता रहेको र सरकारले विभिन्न शिर्षकमा कर नलगाउने हो भने खरिद मूल्यमा प्रति लिटर ४३ रुपैयाँमा इन्धन उपलब्ध गराउन सकिने उनको भनाई थियो ।
उनले आफू भित्र मात्र कर्मचारी रहेको बाहिर नागरिक रहेकोले नेपाल विद्यार्थी संघको मागप्रति गम्भिर रहेको बताएको नेपाली कांग्रेस वीपीका महामन्त्री विकास पाण्डेले जानकारी दिएका थिए । नेविसंघले स्वचालित प्रणाली अनुसार इन्धनको मूल्य समायोजनलाई वेवास्ता गदै गत असार १७ गतेदेखि असार २६ गतेसम्म ९ दिनको अन्तरालमा पेट्रोलीयम पदार्थको मूल्य दुई पटक बुद्धि गरेको भन्दै निगमलाई ज्ञापनपत्र बुझाएको थियो ।
नेपाली कांग्रेस (वी.पी) का महामन्त्री पाण्डेको नेतृत्वमा गएको बिद्यार्थीहरुको समूहले सात दिन भित्र मूल्यबृद्धि फिर्ता लिन माग गरेको थियो । संघले प्राकृतिक विपत्ती तथा बाढी पहिरोबाट पीडित भएका नागरिकलाई उपहार स्वरुप पेट्रोलीयम पदार्थको मूल्यबृद्धि गरिएको आरोप लगाएको छ । मूल्य समायोजन गर्दा शुक्रबारलाई प्राथमिकता दिएको भन्दै शनिबार र आइतबार दुई दिनलाई खपत हुने इन्धन निगमको डीपो थानकोटाबाट ब्यवसायीले शुक्रबार खरिद गर्ने गरेको भन्दै ब्यवसायी र कर्मचारीको मिलिभगतमा भ्रष्टाचार हुने गरेको आरोप समेत लगाएको थियो ।
प्रतिकृया