• 12:10 pm

आज थप २४६ जनामा कोरोना संक्रमण, उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज

प्रकाशित मिति

२०७७ श्रावण १८ गते, आईतवार ०४:४५

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।

यस्तै नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् ।

प्रतिकृया