• ४ असोज २०८३, आइतबार
  • ५ः२६ बिहान

एसइईको नतिजा मंगलबारसम्ममा सार्वजनिक 

प्रकाशित मिति

२०७७ श्रावण १७ गते, शनिबार ०५:१६

 

National Life

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष एसइईको परीक्षाको नतिजा आगामी मंगलबारसम्ममा प्रकाशन गर्ने भएको छ ।

परीक्षाको नतिजा प्रकाशित गर्नको लागि धमाधम तयारी गरिरहेको बोर्डले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बोर्डले सकेसम्म आगामी सोमबार र ढिलामा मंगलबारसम्ममा एसइई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको जनाएको छ ।

यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ ।

एसइई नतिजा वेबसाइट, एसएमएस र आइभीआरमार्फत हेर्न सकिने बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

एसएमएस र आईभीआरका लागि नेपाल टेलिकम र एनसेलमा १६००मा एसएमएस पठाउन सकिने छ ।

प्रतिकृया