• ८ असोज २०८३, बिहीबार
  • २ः३८ दिउँसो

डिपी दाहालको नयाँ गीत ‘मायाको घरवार’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति

२०७७ श्रावण ११ गते, आईतवार ०५:४६

काठमाडौं । गीतकार डीपी दाहाल परिश्रमीको रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक भएको छ । डिलाईटेड नेपाल युटुब च्यानलमार्फत सार्वजनिक गीतमा पुरुषोतम सुवेदी र अस्मिता अधिकारीले स्वर दिएका छन् भने संगीत पनि पुरुषोत्तम सुवेदीकै रहेको छ ।

National Life

गीतमा मायाको घर बसाउन एक अर्काले पक्का गरौं भन्ने भाव समेटिएको छ । मायाप्रीतिकै कथावस्तु रहेको सो गीतमा नायिका केकी अधिकारी र पुष्प खड्का लगायतको अभिनय गरेका छन् । ह्वाइट मिडियाको निर्माण संयोजन रहेको यस भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ भने कोरीयोग्राफी प्रविन थापा र सम्पादन, तथा निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

पछिल्लो पुस्ताकी रुचाइएकी गायिका अस्मिता अधिकारी र मन जित्ने संगीत श्रृजना गर्न सफल र स्वरका धनी पुरुषोतम सुवेदीको बेजोड स्वर रहेको यस गीतमा, मनका भावनाहरुलाई गीतका शब्दमा उतार्न सफल गीतकार डीपी दाहाल परिश्रमीले उतिकै मिठा शब्दहरु प्रस्तुत गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया