• २५ भदौ २०८३, बिहीबार
  • ५ः४२ बेलुका

विदेशबाट आएका सबैको कोरोना परीक्षण गरिनेः स्वास्थ्य मन्त्रालय

प्रकाशित मिति

२०७७ श्रावण ५ गते, सोमबार ०७:०९

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने सबैको कोभिड–१९ को पिसिआर परीक्षण गर्ने भएको छ ।

National Life

हिजो बसेको मन्त्रालयको उच्चस्तरीय समितिको बैठकले परीक्षणको दायरा बढाउन विदेशबाट हवाईमार्ग र स्थलमार्गबाट आउनेको पिसिआर परीक्षण गर्ने भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार विदेशबाट आउने पाँच दिन होल्डिङ सेन्टरबाट बसेपछि र स्थलमार्गबाट आउनेको सोही ठाउँको क्वारेन्टिनमा बसेपछि पिसिआर परीक्षण गरिनेछ । अहिले २७ प्रयोगशालाबाट तीन लाख १५ हजार ५७० जनाको पिसिआर परीक्षण गरिएको छ । पिसिआर परीक्षण गरेपछि मात्र विदेशबाट आउने व्यक्तिलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइनेभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी सिंहदरबारभित्र सरसफाइको काम गर्ने कर्मचारीको पिसिआर परीक्षण गर्ने भएको छ । उनीहरुको चाँडै नै परीक्षणका लागि नमूना सङ्कलन गरिनेछ । बैठकले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका सबैको, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मी र चिकित्सकको सल्लाहबमोजिम सबैको परीक्षण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा.गौतमले बताए ।

मन्त्रालयले समुदायस्तरमा सङ्क्रमण छ वा छैन भनेर ४५ हजारको नमूना सङ्कलन गरी परीक्षण गरिरहेको समेत जानकारी दिए ।

उनले अहिले सङ्क्रमितको सङ्ख्यासँगै प्रतिशत पनि घटिरहे पनि जोखिम भने कायमै रहेको बताए । “केही दिनदेखि परीक्षण गर्दा सङ्क्रमित धेरै देखिएका छैनन् । सङ्क्रमित सङ्ख्यासँग प्रतिशत पनि निकै कम हुँदै गएको छ तर पनि जोखिम भने रहेको छैन भन्न मिल्दैन”, उनले भने, “छिमेकी देशमा सङ्क्रमित बढ्दै जानु, धेरै जनघनत्व भएको ठाउँमा भीडभाड बढ्दै जानु, जनस्वास्थ्यको न्यूनतम मापदण्ड उल्लङ्घन भइरहेकाले हामी अझ उच्च जोखिममा छौँ ।” नेपालमा अहिलेसम्म १७ हजार ६५८ जनामा सङ्क्रमण देखिएको छ भने ११ हजार ६९५ जना सङ्क्रमणबाट मुक्त भइसकेका छन् ।

प्रतिकृया