एकै दिन कोरोना भाइरसका कारण साढे ५ हजारभन्दा बढीको मृत्यु, दुई लाख ४० हजारभन्दा बढी संक्रमित
प्रकाशित मिति
२०७७ श्रावण २ गते, शुक्रबार ०६:२९

काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच हजार ६२७ जना पुगेको छ । भने दुई लाख ४० हजार ५५७ जना नयाँ संक्रमित थपिएका छन्।
वल्र्डोमिटर्सको तथ्यांकअनुसार बिहीबार अमेरिकामा सबैभन्दा बढी ६६ हजार ६९८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ८७४ जनाको मृत्यु भएको छ।

ब्राजिलमा पछिल्लो चौबिस घण्टामा थप ४३ हजार ८२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण एक हजार २९९ जनाको मृत्यु भएको तथ्यांक छ।
भारतमा बिहीबार ३५ हजार ४६८ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही दिन भारतमा ६८० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
रूसमा बिहीबार ६ हजार ४२८ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १६७ जनाको मृत्यु भएको छ।
यस्तै, बिहीबार दक्षिण अफ्रिकामा १३ हजार १७२, मेक्सिकोमा ६ हजार १४९, पेरूमा तीन हजार ८६२, चिलीमा दुई हजार ४९३, पाकिस्तानमा दुई हजार १४५, इरानमा दुई हजार ५०० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।



प्रतिकृया